वि.सं:
नेपाल संवत: ११४५ थिंलागा सप्तमी - २२
तालिम प्रमुखको सन्देश
यस न्याय सेवा तालिम केन्द्रले विगत ४२ बर्ष देखि अर्थात् २०३८ सालदेखि न्याय र कानूनको क्षेत्रमा तालिम सञ्चालन गर्दै आएको अवस्था छ । वास्तवमा “तालिम र विकास” नियमित रुपमा हुने कार्य हुन जुन कहिले पनि नरोकिने भन्ने विश्वव्यापी मान्यतालाई यस केन्द्रले आत्मासाथ गरी मुख्य गरेर नेपाल न्याय सेवाका कर्मचारी तथा न्याय र कानूनको विषयमा जानकारी आवश्यक पर्ने अन्यलाई समेत तालिम सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँछु।
अबका दिनमा समेत सोबाट लाभ लिनको लागि सम्बद्द सबैलाई अनुरोध गर्दै नेपालको संविधानले परिकल्पना गरेको कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने कार्यमा यस केन्द्रले सञ्चालन गर्दै आएको तालिम मार्फत पनि सहयोग पुग्न सक्नेछ भन्ने विश्वास लिएको छु ।
डा.अर्जुन कुमार खडका
तालिम प्रमुख
कार्तिक २०८०